Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

काठमाडौंमा निषेधाज्ञा थपिएकोदेखि माधव पक्षले केन्द्रीय कमिटी बोलाएकोसम्म


दृष्टि संवाददाता


१. पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ७ हजार २ सय १९ जना संक्रमित निको, १ सय १ जना संक्रमितको मृत्यु, देशभर १ लाख १ हजार ९ सय ९३ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमण भएका १० जनामा कालो ढुसीको समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा पुष्टि, फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग ।

२. उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप, केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो, खाद्यान्न र किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने, सार्वजनिक निर्माणका सामाग्री ढुवानी रातको समयमा चल्न दिइने, विदेशबाट नेपाल आउने हवाई यात्रुका लागि तोकियो ७८ क्वारेन्टिन होटल ।

३. नेकपा एमाले भित्रको विवाद मिलाउन माधव नेपाल र केपी शर्मा ओली समूहका नेताहरू ब्यस्त, एमाले महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच छलफल, बुधबार बस्ने तय भएको एमालेको स्थायी कमिटी बैठक स्थगित नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि स्थगित, झलनाथ र माधवको निर्देशनबिना वार्ता गर्नेहरू ओलीभन्दा पनि खतरनाक भएको भन्दै ढलमल नगरी नयाँ पार्टी खोल्न भातृ संगठनको खनाल–नेपाललाई आग्रह, खनाल–नेपाल समूहले पनि बोलायो केन्द्रीय कमिटीको बैठक ।

४. जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा, आयोगद्वारा दुवैको पत्रमाथि अध्ययन, दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावलीको ढाँचाअनुसार नमिलेको आयोगको निष्कर्ष, आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र ।

५. नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइए संसद् अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने चेतावनी, मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ ( १) अनुसारको एकल बहुमतसहितको रहेको तर्क, दुई वा दुई भन्दा बढी दलको सरकारको प्रक्रियामा एमाले तत्काल जाने पक्षमा नरहेको भनाइ ।

६. ढुंगा–गिटी–बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति राष्ट्रघाती भएको जसपा अध्यक्ष उपेन्द्र यादवको टिप्पणी, तराईलाई मरभूमि बनाउन खोजेको कांग्रेसको आरोप, आगामी आर्थिक वर्ष २०७८/७९ मा गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीति समावेश भएको र यसमा उठेका विवादबारे अर्थ मन्त्रालयले दियो स्पष्टीकरण, सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको भनाइ ।

७. पाँच दिनमा प्रि बजेट छलफल सक्न प्रदेश १ सरकारले ले ल्यायो अध्यादेश, बजेट ल्याउनु १५ दिन अघि प्रि बजेट छलफल गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि प्रदेश सरकारले बजेट प्रस्तुत हुनुभन्दा ५ दिन अगाडि मात्रै प्रि बजेट छलफल गर्न मिल्ने गरी ऐन संशोधन गर्न अध्यादेश, कानुन छल्न र औपचारिकता पूरा गर्ने उद्देश्यले ल्याइएको अध्यादेश र अध्यादेश बमोजिम प्रदेशसभा नियामावली निलम्बन गर्ने र प्रदेशसभालाई निकम्मा बनाउने सरकारी रबैया कुनै पनि हालतमा स्विकार्य नहुने माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोको चेतावनी ।

८. करिव ५६ अंकले बढ्यो नेप्से, बजारले ’हाफ सेञ्चुरी’ मार्दै ११ अर्ब २२ करोड ९४ लाख रुपैयाँको किनबेच, दिनभरीमा बजार ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ अंकमा उक्लियो, फाइनान्स समूह ७ दशमलव ९१ प्रतिशतले बढ्यो, सबैभन्दा बढी पुनर्बिमा कम्पनीको १ अर्ब ३७ करोड बराबरको सेयर कारोबार, निषेधाज्ञा खुलेलगतै क्युआरकोड सहितको अस्थायी लाइसेन्स वितरण गरिने ।

९.सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाईनिज ताईपेविरुद्ध बिहीबार खेल्दै, अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताईपे भिड्दै, कुवेतको मौसममा खेल्न कठिन, जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्ने, रियल, बार्सिलोना र युभेन्टसलाई यूइएफएले यसैसाता कारवाही गर्ने तयारी,विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिम इंग्ल्याण्ड भ्रमणका लागि प्रस्थान गर्दै ।

१०.र, भारतमा कोरोनाको दोस्रो लहरमा झण्डै ६ सय चिकित्सकको मृत्यु, भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ, चीनलाई परास्त गर्न अमेरिका र बेलायत एक हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको विवादास्पद बयान, चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्युएचओले दियो मान्यता, भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण, म्यानमारमा सैनिक ‘कू’ को चार महिनासम्म पनि प्रदर्शन जारी ।

प्रतिक्रिया दिनुहोस्