Logo
Logo

महालक्ष्मी विकास बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग


दृष्टि संवाददाता


काठमाडौं । महालक्ष्मी विकास बैंकले भरतपुर महानगरपलिका बर्सेनीको गणेशस्थानका स्थानीय बासिन्दाहरूलाई कोभिड–१९को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ ।

स्वास्थ्य सामग्रीहरू बैंकको नारायणगढ शाखाका शाखा प्रमुख वीरेन्द्र चौधरीले वडा नम्बर–११ का वडासदस्य चिन्तामणि लम्साल र गणेशस्थान टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।


बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आपूm सुरक्षित भई अरूलाई पनि सुरक्षित राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्