Logo
Logo

नेपाल पक्षले बोलाएको बैठक अनधिकृत रहेको ओली पक्षको आरोप


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको बताएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले आज विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।

‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुन्नमा आएकोले त्यस्तो कार्यको निन्दा एवं भर्त्सना गर्दछु ।’ तामाङले जारी गरेको सूचनामा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिएका हुन् ।



यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्