Logo
Logo

प्रधानमन्त्री र महन्थ ठाकुर पक्षका नेताबीच भेटघाट


दृष्टि संवाददाता


काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुर र उनी पक्षका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरुले ओलीसँग भेटेका हुन् ।

मधेस आन्दोलनसँग सम्बन्धित मुद्दा र सरकारमा सहभागी हुने लगायत विषयबारे छलफलका लागि बालुवाटार पुगेका थिए । बिहीबार मन्त्रिपरिषद बैठक बस्ने भएकाले मुद्दा फिर्ता लगायतका एजेन्डालाई अघि बढाउन आग्रह ठाकुर पक्षले गरेको छ ।

त्यसपछि मात्रै सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लाग्ने ठाकुर पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्