Logo
Logo

नेपाली वायुसेवा कम्पनीमाथि इयूकाे प्रतिबन्ध लम्बियाे


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली वायुसेवा कम्पनीमाथि युरोपियन युनियनले लगाएको प्रतिबन्ध पुनः ६ महिना लम्बिएको छ । हरेक ६ महिनामा अद्यावधिक हुने प्रतिबन्धमा नेपाल पुनः नहटेको हो ।

प्रतिबन्ध फुकुवा नभएपछि थप ६ महिना वायुसेवा कम्पनीले युरोपको यात्रा गर्न पाउने छैनन् । नेपाल पछिल्लो ८ वर्षदेखि लगातार ईयूको एयर सेफ्टी लिस्ट (कालोसूची)मा छ । ईयूले सार्वजनिक गरेको एयर सेफ्टी लिस्टमा नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स छन् ।

आन्तरिक एयर डाइनेस्टी, अल्टिच्यूड एयर, फिस्टेल एयर, समिट एयर, हेली एभरेष्ट, कैलाश हेली, मकालु एयर, मनाङ एयर, माउण्टेन हेली पनि युरोपमा प्रतिबन्धमा छन् । साथै सौर्य एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स (गुण), सीता एयर, तारा एयर र यति एयरलाइन्स प्रतिबन्धको सूचीमा छन् ।

ईयूले नेपालको संसदमा विचाराधीन नेपाल नागरिक उड्डयन प्राधिकरणको विभाजनसम्बन्धी विधेयक पारित भई कार्यान्वयन हुनुपर्ने बताइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ राष्ट्रियसभामा विचाराधीन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्