Logo
Logo

प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न प्रधानन्यायाधीश राणाले शुक्रबार ‘फुल कोर्ट’को बैठक बोलाएका हुन् ।

जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्