Logo
Logo

परीक्षा दिन नेपाली विद्यार्थीलाई बंगलादेशकाे यात्रा अनुमति


दृष्टि संवाददाता


काठमाडौँ । नेपाली विद्यार्थी एमबीबीएस परीक्षाका लागि बंगलादेश जान पाउने भएका छन् । बंगलादेशले एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाका लागि यात्रा अनुमति दिएको हाे ।

आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई बंगलादेश प्रवेशको अनुमति दिइएको काठमाडौँस्थित बंगलादेशी दूतावासले जनाएको छ ।

नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धित कलेजको कागजपत्रसहित सम्पर्क गर्न दूतावासले सूचित गरेको छ । मेडिकल कलेजका कागजात, पासपोर्टको प्रतिलिपि र नेपालको मोबाइल नम्बरसहित नेपालस्थित बंगलादेशी दूतावासको इमेल ठेगाना  [email protected] मा पठाउन भनेकाे छ ।

ढाकामा पुगेपछि सबै विद्यार्थीले जनस्वास्थ्य सम्बन्धी सबै मापदण्ड अपनाउनुपर्ने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्