Logo
Logo

नेपाललाई कोरोना खोप दिने अमेरिकाकाे घाेषणा


दृष्टि संवाददाता


काठमाडाैं । अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अग्रसरतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउन लागेको हाे । राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले जानकारी दिएका छन् । 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने भन्ने उल्लेख गरिएकाे छ ।

ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्