Logo
Logo

प्रधानमन्त्रीले दिए अमेरिकी राष्ट्रपतिलाई धन्यवाद


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिएका छन् ।

बिहीबार राति अमेरिकाले नेपाललाई पनि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिप्रति कृतज्ञता जनाएका हुन् ।

ट्वीट गर्दै प्रधानमन्त्री ओलीले हाम्रो अपिललाई स्वीकार गरिदिएकोमा धन्यवाद भनेका छन् । उनले अमेरिकाको सहयोगले दुईदेशबीचको सम्बन्धलाई थप मजबुत बनाएको दावी समेत गरेका छन् ।

यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत अमेरिकाले खोप दिन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले अमेरिकी समकक्षी एन्टाेनी ब्लिन्केनलाई धन्यवाद दिएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने भन्ने उल्लेख गरिएकाे छ ।

ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्