Logo
Logo

आजदेखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन


दृष्टि संवाददाता


काठमाडौं । सुदूरपश्चिममा आजदेखि प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदैछ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् ।

बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ ।

बैठकको एजेण्डाबारे छलफल गर्न बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको भए पनि विनानिष्कर्ष सकिएको थियो । शुक्रबार पुनः बैठक बसेर एजेण्डा तय गर्ने बताइएको छ । प्रदेशसभा सचिवालयका सचिव धामीले पनि अहिलेसम्म बैठकका एजेण्डाबारे जानकारी प्राप्त नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्