Logo
Logo

ओली भेट्न बालुवाटार पुगे महन्थ ठाकुर


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । सरकारमा सहभागी हुने निश्चित भएपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी गरेको छ । यसअघि बिहीबार राति अबेरसम्म प्रधानमन्त्रीसँग ठाकुरले सत्ता सहभागिताको बारेमा छलफल गरेका थिए । जसपाबाट राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्