Logo
Logo

कोरोनाबाट १०१ जनाको मृत्यु, ६ हजार ६५३ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १४ हजार १८२ को परीक्षण गर्दा ४ हजार ६२४ र एन्टिजेन विधिबाट ६ हजार ६३१ जनाको परीक्षण गर्दा जम्मा २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । गत २४ घण्टामा ८ हजार ६६३ जना निको भएका छन् ।

यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९७ हजार ६९९ रहेका छन् । हाल देशभर ७५५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्