Logo
Logo

एनएलजी इन्स्योरेन्सका सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश


दृष्टि संवाददाता


काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात् रु एक अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, उक्त प्रस्तावित सेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतका दरले रु ५७ लाख ७० हजार ३९७ नगद लाभांश दिने इन्स्योरेन्सको प्रस्ताव रहेको छ ।

उक्त प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल इन्स्योरेन्सको चुक्ता पूँजी रु एक अर्ब ९ करोड रहेको छ । १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब १९ करोड पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्