Logo
Logo

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाँदै, केहीबेरमा सपथ


दृष्टि संवाददाता


काठमाडाैं । ८ मन्त्री र दुई राज्यमन्त्री सहित जनता समाजवादी पार्टी (जसपा) केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री ओलीसँग छलफल गरेर राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने भएकाे हाे । महताेले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नेछन् ।

यस्तै, शरद सिंह भण्डारीले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अनिल झाले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मा पाएका छन् । यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मा लक्ष्मणलाल कर्णलाई दिइएको छ ।

यता, बिमल श्रीवास्तवलाई श्रम तथा रोजगार , उमाशंकर अरगरियालाई वन तथा वातावरण र चन्दा चौधरीलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मा दिइएको छ भने एकबाल मियांलाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ ।

यि बाहेक उर्जा मन्त्रालयको राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको राज्यमन्त्रीमा रेणुका गुरुङ नियुक्त गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्