Logo
Logo

विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्दै

स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले नेता विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । ईश्वर पोखरेल मन्त्रिपरिषदमा नदोहोरिने भएसँगै एमालेबाट पौडेल र महासेठलाई उपप्रधानमन्त्री बनाइने भएको हो ।

बालुवाटारबाट प्राप्त जानकारी अनुसार अर्थमन्त्री समेत रहेका पौडेल उपप्रधानमन्त्री बन्ने भएका हुन् । उता, महासेठलाई भने परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी दिइएको बुझिएको छ । र, हाल परराष्ट्र सम्हाल्दै आएका प्रदीप ज्ञवाली मन्त्रिपरिषदबाट बाहिरिएका हुन् वा अन्य मन्त्रालय दिन लागिएको भन्ने टुंगो लागेको छैन ।

यस्तै, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् भने हाल मन्त्रालय सम्हालिरहेका हृदयेश त्रिपाठी पनि फरक जिम्मेवारीमा छन् वा मन्पिरिषदबाट बाहिरिए भन्ने कुराको टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्