Logo
Logo

माधव समूह छोडेका दुई नेतालाई मन्त्री उपहार


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूह छोडेर ओली समूहमा आएका दुई जना नेतालाई मन्त्रीको उपहार दिएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद हेरफेर गर्दै रघुवीर महासेठ र शेरबहादुर तामाङलाई मन्त्री बनाएका हुन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै दुई नेता माधव नेपाल समूहमा लागेका थिए । तर, सर्वोच्चले नेकपालाई साविककै एमाले र माओवादीमा फर्काएसँगै ओली समूहमा महासेठ र तामाङ फर्किएका थिए । ओली समूह छोडेर आउनेलाई महत्वपूर्ण जिम्मा दिने वचन दिएका ओलीले दुई नेतालाई दोस्रो पटक मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्री तामाङ र महासेठ ओली नेतृत्वको सरकारको सुरुवाती मन्त्रिपरिषदमा थिए । तामाङ कानून मन्त्री थिए भने महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । नयाँ मन्त्रिपरिषदमा तामाङ स्वास्थ्यमन्त्री बनेका छन् भने महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनेका छन् ।

उता नेपाल समूह छोडेर ओली समूहमा आएका मन्त्रीद्वयका श्रीमतीलाई पनि ओलीले उचित पद दिएका छन् । यसअघि ओली नेतृत्वको सरकारमा महासेठ श्रीमती जुली महतो महिला बालबालिका मन्त्री बनेकी थिइन् भने तामाङ श्रीमती उषा कला राई प्रदेश १ को सामाजिक विकास मन्त्रीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्