Logo
Logo

कारबाही फिर्ता नलिएसम्म नेपाल समूहले औपचारिक वार्ता नगर्ने


दृष्टि संवाददाता


काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्ना शीर्ष नेताहरुमाथिको कारबाही फिर्ता नलिएसम्म नेकपा एमालेका
माधवकुमार नेपाल र झलनाथ खनाल समूहले औपचारिक वार्ता नगर्ने भएको छ ।

शुक्रबार ‘भर्चुअल’ बसेकाे केन्द्रीय कमिटीको बैठकले माधव-झलनाथसहितका आफ्नो पक्षका नेताहरुमाथिको कारबाही फिर्ता नभएसम्म औपचारिक वार्ता नगर्ने निर्णय लिएको हो । बैठकका बिहीबारबाटै सुरू भएकाे थियाे ।

अनौपचारिक वार्ता चाहिँ हुन सक्ने माधव-झलनाथ पक्षका नेता वेदुराम भुसालले जानकारी दिए । उनले भने, ‘कारबाही फिर्ता नगरेसम्म औपचारिक वार्ता सम्भव हुँदैन ।तर, अनौपचारिक वार्ताचाँहि नगर्ने भन्ने होइन । अनौपचारिक वार्ता हुन सक्छन् । औपचारिक वार्ताका लागि कारबाही फिर्ताको विकल्प छैन् ।’

बैठकले अहिले एमालेमा उत्पन्न सबै समस्याको जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नै रहेको निष्कर्ष निकालेको छ । नेता भुसालका अनुसार यस्तो वार्ताको समय सीमा नतोकिएको तर अनन्तकालसम्म पर्खेर जान पनि नसकिने बैठकको निष्कर्ष छ । ‘वार्ता कहिलेसम्म गर्ने भन्ने समय सीमा तोकिएको छैन तर अनन्तकालसम्म पनि लम्बाउन सकिदैन भन्नेमा स्पष्ट छौँ,’ भुसालले भने ।

प्रतिक्रिया दिनुहोस्