Logo
Logo

जुनियर उपप्रधानमन्त्री बन्दा क्याबिनेट छाेडेँ : हृदयेश त्रिपाठी


दृष्टि संवाददाता


काठमाडौं । आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओलीले एमाले नेता विष्णु पौडेल, रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष राजेन्द्र महतोलाई बनाउन लागेका छन् ।

उनलाई मन्त्रीमा दोहोर्याउने ओलीको इच्छा भएपनि उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा जुनियर महतो, महासेठ र पौडेललाई वरियता क्रममा माथि राखिएकाले उनले मन्त्री पद अस्वीकार गरेका हुन् । उनले भने, ‘अहिले विस्तारित मन्त्रीपरिषद्मा मभन्दा जुनियर व्यक्ति नै उपप्रधानमन्त्री हुने भए । आफूभन्दा जुनियरको अन्डरमा बस्नु उचित ठानिनँ ।’

त्रिपाठी यसअघि स्वास्थ्यमन्त्री रहेका थिए । ८ मन्त्री र दुई राज्यमन्त्री सहित जसपा ओली नेतृत्वको सरकारमा सहभागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्