Logo
Logo

संविधानको दीपावली र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो ?


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले ‘संविधानको दीपावली र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो ?’ भनेर प्रश्न गरेका छन् ।

शुक्रबार ८ मन्त्री र दुई राज्यमन्त्री सहित ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले उक्त प्रश्न गरेका हुन् । डा भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ ? भनेर पनि प्रश्न गरेका छन् । उनले ओली र ठाकुर दुवैको मुकुण्डो उत्रिएको टिप्पणी समेत गरेका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्– यक्ष प्रश्न संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?

प्रतिक्रिया दिनुहोस्