Logo
Logo

अष्ट्रेलियन एयरफोर्स नेपाल आउँदै


दृष्टि संवाददाता


काठमाडौं । अष्ट्रेलियाले नेपाल, भारत र श्रीलंकाको लागि स्वास्थ्य सामग्रीहरुको खोप लिएर एयरफोर्सको राफ विमान पठाएको छ । शुक्रबार उडेको विमानले भारत, श्रीलंका हुँदै नेपालमा पनि स्वास्थ्य सामग्री लगेको हो ।

विदेशमन्त्री मेरिस पेनीले एक विज्ञप्ति जारी गर्दै भारतका लागि कन्टेनर आकारको अक्सिजन ट्यांक पनि यही खेपमा लगिएको जनाएकी छिन् । टाटा स्टीलले उक्त सामान अर्डर गरेको थियो ।

यो ट्यांक अक्सिजन सप्लाईका लागि आवश्यक थियो । यस्तै ३ हजार भेन्टिलेटरसहित अन्य स्वास्थ्य सामग्री पनि भारत जाँदैछ । नेपाल र श्रीलंकामा भने वेष्टर्न अष्ट्रेलिया सरकारले अनुदानमा दिएको पीपीई लगायत फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीको लागि आवश्यक सामग्री पठाइएको छ ।

अष्ट्रेलियाका विदेशमन्त्रालयका प्रवक्ताले नै सहयोग पठाइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्