Logo
Logo

‘आकाशै राम्रो जुन लाएर’ (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । गायिका टिका सानु, सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा ‘आकाशै राम्रो जुन लाएर’ गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडीविच प्रेमको भावनालाई गीतमा समेटिएको छ ।

आफ्नो मायालुको हेराइ आफूलाई निकै मनपर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन् । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।

प्रकाश खड्काको छायाँकन, विनोद बमको सम्पादन तथा मानसिंह खड्काको निर्देशन भिडियोमा रहेको छ । ‘आकासै राम्रो जुन लाएर’ गीतको भिडियोमा टिका सानु, सम्झना कँडेल, मानसिंह खड्का, किरण मगर, मनिषा र सजिनाको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्