Logo
Logo

चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिन देउवाको माग


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुरेको गिट्टी, वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याउने काम गरेको बताएका छन् ।

शनिबार वातावरण दिववशको अवसरमा ट्विट गर्दै सभापति देउवाले चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिन समेत सरकारसँग माग गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुन्छ। हाम्रो वातावरण बचाउँन हरेकले पहल गरौँ, तर सरकार हाम्रो चुरेको गिट्टी, वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबलाउँदैछ ।’

उनले पृथ्वीमा हरेक प्राणीले बाँच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चि हुने भएकाले र वातावरण बचाउन हरेकले पहल गर्नुपर्ने बताउँदै वातावरण दिवशको शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्