Logo
Logo

जसपा हाम्रो हो, हाम्रो रहन्छ : राजेन्द्र महतो


दृष्टि संवाददाता


काठमाडौं । जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिए पनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रमा बोल्दै महतोले भने, ‘जसपा हाम्रो हो, हाम्रो रहन्छ । समय आएपछि निर्वाचन आयोगमा पनि आफ्नो मान्यता स्थापित गर्छौं ।’

उनले देशभर रहेको संगठनका ७० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गरे । महतोले अहिले सरकारमा पुगेको बेला कति दिन काठमाडाैं बस्ने र कति दिन जिल्लामा गएर संगठन बनाउने भन्नेबारे तालिका बनाएर काम गर्न आग्रह गरे ।

जसपा अहिले स्पष्ट दुई धारमा विभाजित भएको छ । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित अध्यक्ष ठाकुर पक्ष सरकारमा सहभागी भएका छन् भने बाबुराम भट्टराई–उपेन्द्र यादव समूह विपक्षीमा रहेको छ ।

एउटै पार्टी भित्र बाबुराम -उपेन्द्र र महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले दुई भिन्न पार्टीको जस्तो अभ्यास अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्