राजेन्द्र महतो अभिव्यक्ति अराजक र संविधान विरोधी : गोकर्ण विष्ट « Drishti News – Nepalese News Portal
Logo

राजेन्द्र महतो अभिव्यक्ति अराजक र संविधान विरोधी : गोकर्ण विष्ट


दृष्टि संवाददाता


काठमाडाैं । एमाले नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

महतोले बुधबार पदभार ग्रहणका क्रममा बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति महतोले शनिबार पनि दिएका छन् ।

‘उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ, जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएका महतोले पदभार ग्रहणपश्चात उक्त अभिव्यक्ति दिएका थिए । महतोको अभिव्यक्तिको विभिन्न क्षेत्रबाट विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्