Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : मन्त्रिपरिषद्मा पुनर्गठनकाे विराेधदेखि पेट्रोलियम पदार्थको मूल्य बृद्धिसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा पुनर्गठन गरेर संवैधानिक र लोकतान्त्रिक मूल्य-मान्यताको उपहास गरेको विपक्षी दलहरुले ठहर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याइरहेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी उपेन्द्र–बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चा नेपालको आरोप ।

२. उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिकाे सर्वत्र विरोध, नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र झलनाथ खनालसहितका १५ नेताको आपत्ति, अनेरास्ववियूद्वारा महतोको पुत्ला दहन, महतोको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएकाको अनेरास्ववियूको ठहर ।


३. पेट्रोलियम पदार्थको मूल्यमा फेरि बढ्यो, नेपाल आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको मूल्य १०८ र हवाई इन्धनको मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम ।


४. कोरोना सङ्क्रमित हुने भन्दा निको हुने बढी, पछिल्लो २४ घण्टामा पाँच हजार ४२ जनामा सङ्क्रमण पुष्टि, आठ हजार २४३ निको भए, थप ६८ जनाको मृत्यु, देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० पुग्यो, ४ लाख ८४ हजार ३७३ निको भए, कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ ।


५. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिने सम्भावना नभएको वरिष्ठ नेता माधवकुमार नेपालको ठहर, ओलीसँग सम्वादका लागि एक हप्ताको समयवाधि छुट्याइएको र त्यसपछि पार्टी पुनर्गठनमा अघि बढ्ने, केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई स्थायी कमिटी बैठकले अनुमोदन गर्ने, ओलीबाट एमाले कुनै हालतमा नजोगिने भन्दै तत्काल पर्टी पुनर्गठन गरेर अगाडि बढ्नुपर्ने जिल्ला अध्यक्षहरुद्वारा नेपाललाई सुझाव ।

६. साम्राज्यवाद विरुद्धको लडाइँ बाँकी नै भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भाइन, संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि जनताका बीचमा पु¥याउन प्रचण्डको आग्रह । समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव हुने भनाइ, कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न आग्रह ।

७. उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोद्वारा फेरि विवादास्पद अभिव्यक्ति, नेपाल त बहुल राष्ट्रिय राज्य भएको, बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्ने भनाइ, बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेकोले बहुलतामै लानुपर्ने दाबी ।

८. उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको ‘बहुल राष्ट्रिय राज्य बनाउने’ अभिव्यक्ति राष्ट्रघाती भएको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको ठहर, जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु खेदपूर्ण, नेता खनालले महतोको अभिव्यक्ति जिम्मेवारी अराजक, विखण्डनकारी र संविधान विरोधी भएको नेता खनाको ठहर ।

९. श्रीलंकामा भारी वर्षा चारको मृत्यु, सात जना हराए, सुरक्षित रहन सूचना, जापानमा जन्मदर घट्यो, मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त, सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म, जापानमा सक्रिय जनशक्तिको समेत अभाव ।


१० नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना अर्को सातादेखि सुरु हुने टि२० ब्लास्ट गुमाउने, नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने लगभग निश्चित ।

प्रतिक्रिया दिनुहोस्