Logo
Logo

आज सांसदबाट पदमुक्त थापाको रिटमाथि सुनुवाइ हुँदै


दृष्टि संवाददाता


काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा उनले रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको हो ।

थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्