Logo
Logo

कर्णालीमा कांग्रेसबाट दुई मन्त्री थपिए


दृष्टि संवाददाता


सुर्खेत । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा दुईजना मन्त्री थपिएका छन् । कांग्रेसको कोटाबाट दुईजनालाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको हो ।

नेपाली कांग्रेस दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । प्रदेश प्रदेश प्रमुखको कार्यालयले पनि शुक्रबार साँझै मन्त्री नियुक्त भएको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्