Logo
Logo

वार्षिकोत्सवको अवसरमा नेपाल बंगलादेश बैंकको ७० लाख बराबर सहयोग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल बंगलादेश बैंकले आफनो २७औँ वार्षिकोत्सवको अवसरका रु ७० लाख बराबरको सहयोग गरेको छ । बैंकले वार्षिकोत्सवको अवसर कोभिड–१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासस्वरूप उक्त सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारलाई नेपाली रु ६६ लाख बराबरको २५०० भायल रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । यस्तै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई रु ४ लाखको आर्थिक सहयोग पनि प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ कारोबार शुभारम्भ गरेको थियो । नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा सञ्चालित बैंक हो । यस बैंकमा बंगलादेशको आइएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्