Logo
Logo

हस्तकला महासंघबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग


दृष्टि संवाददाता


काठमाडौं । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघ विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहँदै आएको राष्ट्रिय आविष्कार केन्द्रबाट कोभिड–१९ बाट संक्रमित बिरामीहरुका निमित्त सञ्चालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै उक्त कार्यमा सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यबाट उक्त केन्द्रलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उक्त सहयोग राशि सो केन्द्रको नाममा ग्लोबल आइएमइ बैंक नयाँबानेश्वर शाखाको खातामा जम्मा गरिएको छ । उक्त सहयोगले कोभिड–१९ न्यूनीकरणका निमित्त उक्त केन्द्रले सम्पादन गर्ने काममा थप मद्दत पुग्न जाने महासंघले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्