Logo
Logo

डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना खोप दिने


दृष्टि संवाददाता


काठमाडौं । डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप अनुदामा दिने भएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीका अनुसार डेनमार्कले कोरोना विरुद्धको खोप दिने जानकारी सहितको पत्र पठाएको हो । सो खोप अनुदानमा आउने तर कहिलेसम्म आइपुग्छ भन्ने टुंगो नलागिसकेको उनले जानकारी दिए ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्