Logo
Logo

माओवादीद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता


दृष्टि संवाददाता


मोरङ । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलार्ई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएका छन् ।

पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्