Logo
Logo

चुरे दोहनविरुद्ध नेविसंघकाे प्रर्दशन, ९ नेता पक्राउ


दृष्टि संवाददाता


काठमाडाैं । चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका ९ जना नेता पक्राउ परेका छन् ।

सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै त्यसविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई  प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाउदै चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति फिर्ता लिन माग गरेका थिए। त्यस्तै उनीहरुले उपप्रधान एवं शहरी बिकास मन्त्रीले राष्ट्रहित बिपरित अभिव्यक्ति दिएको भन्दै नारावाजी गरेका थिए ।

पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू छन् ।

प्रतिक्रिया दिनुहोस्