Logo
Logo

कैलालीमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन


हिक्मत बम


धनगढी। कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला जलाइएकाे छ। ​घोडाघोडी नगरपालिका–१ सुखड चोकमा नेकपा माओवादी केन्द्रनिकट वाइसियल र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्दै  पुत्ला दहन गरेका हुन् ।   

प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ।

पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

सरकारले बजेट वक्तव्यमै चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने उल्लेख गरेपछि त्यसको पनि विरोध भइरहेको छ। 

उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेपछि नेपाललाई ‘बहुराष्ट्र’ र ‘बहुराज्य’ बनाउने मुक्ति आन्दोलन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्