Logo
Logo

प्रभुराम शर्मा प्रधानसेनापति बन्दै


दृष्टि संवाददाता


काठमाडौं । सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आइतबार प्रधानसेनापति थापाले सेनामा जिम्मेवारी सम्हालेको एक हजार दिन पुगेको उपलक्ष्यमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका हुन् ।

हाल बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी वहन गरिरहेका भावी प्रधानसेनापति प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको हो । तीन महिनामा कुनै उथलपुथल नभए शर्माले नै अब सेनाको नेतृत्व गर्नेछन् ।

सेनामा सामान्यतया प्रधानसेनापति अवकाशको एक महिना अघि बिदा बस्ने प्रचलन छ । त्यसअनुसार थापा साउन २४ मा विदामा बस्नुपर्ने हुन्छ । तर,थापाले त्यसअघि नै शर्मालाई प्रधानसेनापतिमा सिफारिस गर्नेछन् । जसअनुसार आइतबारदेखि नै नेतृत्व हस्तान्तरण सुरु गरिएको हो ।

थापाले नयाँ आउने नेतृत्वको टिमलाई आफ्नोमा सँगै सहकार्यमा लगाउन थालेका छन् । नयाँ नेतृत्वले आफू अनुकूलको संरचना तयार गर्ने प्रचलन छ भने केही पुरानै र केही नयाँ टिम त्यहाँ रहने गर्दछ ।

युद्धकार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका सम्भावित प्रधानसेनापति शर्मा सेनाभित्र ‘एक्सन म्यान’का रूपमा चित्रण गरिने सैन्य अधिकारी हुन् । उनले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी वहन गरिरहेका छन् । उनीपछिका रथी ईश्वर हमाल फोर्स कमाण्डरका रूपमा ’गोलन हाइट’मा कार्यरत रहेका कारण दुवै जिम्मेवारी उनमा आएको हो ।

छिमेकी भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका शर्माले भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य शिक्षा / कला हासिल गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर उनी सामूहिक नेतृत्वमा नै विश्वास गर्ने व्यक्तिको छवि बनाएका मिलनसार सैन्य अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्