Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना संक्रमित घटेकोदेखि संवैधानिक इजलासमा किचलोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. २४ घण्टामा देशभर ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त, देशभर गरी थप ९९ जनाको मृत्यु, कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेकाकै खोप दिने सरकारको निर्णय, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी, डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने ।

२. महान्यायाधिवक्ता रमेश बडालद्वारा न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट बाहिरिन आग्रह, जेठ १८ गते दुवै न्यायाधीशले दिएको रायले सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको महान्यायाधिवक्ता बडालको तर्क, संवैधानिक इजलासमा ११ जना न्यायाधीश बस्न नमिल्ने भनी सरकार पक्षका वकिलले पेस गरेको निवेदनले प्रधानन्यायाधीशमाथि नै प्रश्न उठेको भन्दै रिट पक्षका वकिलको आरोप, सर्वोच्चका ११ न्यायाधीशविरुद्धको मुद्दा फिर्ता नलिए अपहेलनाको कसूर ब्यहोर्न प्रधानन्यायाधीशको चेतावनी ।

३. नेकपा (एमाले) झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई अपिल, स्थायी कमिटी बैठकबाट पारित गरिएका १० बुँदे प्रस्तावमा ओलीले कार्यदलको औचित्यसमेत समाप्त गरी वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गरेको उल्लेख ।

४. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले बालुवाटारस्थित ललिता निवासको अतिक्रमित जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया थाल्यो, २१ दिने सूचना जारी गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका र तिनीहरुबाट किनेका जग्गाधनीलाई जग्गा आफ्नो हकदाबी गर्ने भए आधार र कारणसहित उपस्थित हुन अपिल, जग्गाधनीहरुले इमेलमा पनि आफ्नो प्रतिक्रिया वा प्रमाण पेश गर्न सक्ने ।

५. गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपाल सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न सर्वोच्च अदालतलको अन्तरिम आदेश जारी, न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्वयन नगर्न अन्तरिम आदेश, आदेशसँगै थापा पुनःबहाली, कारबाही गरिएको विषयमा जवाफ दिन समेत आदेशमा उल्लेख ।

६. नेकपा माओवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो, मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख ।

७. २०७४ मा आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक सत्तामा, आइतबार पहिलो पटक कांग्रेस कर्णालीको प्रदेश सरकारमा , कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस प्रदेश संसदीय दलबाट दुई जना सांसद मन्त्री, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका सांसद दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी नियुक्त ।

८. सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै माथिल्लो बिन्दुमा, साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २ हजार ९ सय ६ दशमलव ९१ अंकमा पुगेर रोकियो, नेप्से परिसूचक २ हजार ९ सय २० दशमलव ९१ विन्दुमा पुगेर तल झर्यो, ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ संख्याको शेयर कारोबार, खानेतेल निकासी रोक्न भारतीयको लबिङ, निराधार आरोप लगाएर रोक्न खोजेको नेपाली उद्योगीको आरोप ।

९. विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपालले जितका लागि प्रतिस्पर्धा गर्ने राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको दावी, आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने, आईसीसीबाट आधिकारिक पत्र नआएकाले क्यानको तर्फबाट पक्का भन्न नमिल्ने जिकिर, नवनियुक्त युवा तथा खेलकुद मन्त्री एकवाल मियाँलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यद्वारा स्वागत, भदौ पहिलो सातादेखि ‘ए’ डिभिजन लिग सुरु गर्ने एन्फाको तयारी ।

१०.र, भारतमा थप १ लाख १४ हजारमा कोरोना संक्रमण, चर्को घाममा श्रमिकलाई काममा लाउने कतारका ५४ कम्पनी कारबाहीमा, जी सेभेन राष्ट्रहरूले बहुराष्ट्रिय कम्पनीलाई १५ प्रतिशत अतिरिक्त कर लगाइने, नयाँ डिजिटल नियम तुरुन्त लागू गर्न अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने भारत सरकारको ट्वीटरलाई चेतावनी, बुर्किना फासोमा विद्रोहीको आक्रमणबाट कम्तिमा १३० सर्वसाधारणको मारिए ।

प्रतिक्रिया दिनुहोस्