Logo
Logo

बहुलराष्ट्रिय राज्य र राजेन्द्र महतोको पक्षमा राजदूतदेखि पूर्वमन्त्रीसम्म


दृष्टि संवाददाता


काठमाडौं । प्रबुद्ध व्यक्ति तथा विभिन्न जाति, वर्ग, क्षेत्र र समुदायका प्रतिनिधिले ‘नेपाल बहुलराष्ट्रिय राज्य’नै रहेको भन्दै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको बचाउ गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले ‘नेपालमा राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराष्ट्रिय राज्य निर्माण गरिनुपर्दछ’ भन्ने उपप्रधामन्त्री महतोको धारणा जायज रहेको भन्दै बहुलराष्ट्रिय राज्यको विषयलाई विखण्डनसँग जोडेर प्रचार गर्नु गलत रहेको बताएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ– ‘एकल राष्ट्रिय राज्यमार्फत कायम राखिएको एकलजातीय नश्लबादी हैकमबाद तथा औपनिवेशिक राज्यसत्ताबाट मुक्त हुनका लागि नेपालका आदिवासी नेशनहरुले लामो समयदेखी उठाइरहेको बहुलराष्ट्रिय राज्यको मागलाई अर्नगलरुपमा राज्य विखण्डनसँग जोडी आरोपित गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विगतमा ‘गणतन्त्र र संघीयताले देश टुक्रिन्छ’ भन्नेहरु आज नयाँ राजाका रुपमा आसिन छन् र तिनैले आज बहुलराष्ट्रिय राज्यप्रति अफवाह फैलाइ रहेका छन्, विज्ञप्तिमा उल्लेख छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिवेशमा पनि बहुलराष्ट्रहरु माथि पहाडी हिन्दु उच्च जातिय औपनिवेशिकतामा आधारित राज्यसत्ता थोपर्ने कार्य हुँदै आएको भन्दै विज्ञप्तिमार्फत बिरोध गरिएको छ । ‘बहुलराष्ट्रिय राज्य’को विषयलाई विखण्डनसँग जोडेर गरिने व्याख्या खण्डन गर्दै आन्तरिक औपनिवेशिकता मुक्त बहुलराष्ट्रिय राज्यप्रति प्रतिवद्ध हुनसमेत विज्ञप्तिमार्फत उनीहरुले आह्वान गरेका छन् ।

आह्वान पढौं–

बहुलराष्ट्रिय राज्यको पक्षमा सार्वजानिक आह्वान

मितिः २०२१ जुन ६


उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री श्री राजेन्द्र महतोको ‘नेपालमा राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराष्ट्रिय राज्य निर्माण गरिनु पर्दछ’ भन्ने जायज अभिव्यक्तिप्रति उच्च हिन्दुवर्ण अहंकार तथा औपनिवेशिक मानसिकता बोकेका केही राजनीतिक पार्टीका नेताहरुले विज्ञप्ती निकाली नेपाल राज्य निर्माण भएदेखी नै एकल राष्ट्रिय राज्यमार्फत कायम राखिएको एकलजातीय नश्लबादी हैकमबाद तथा औपनिवेशिक राज्यसत्ताबाट मुक्त हुनकोलागि नेपालका भुमिपुत्र÷पुत्री आदिवासी नेशनहरुले लामो समयदेखी उठाइरहेको बहुलराष्ट्रिय राज्यको मागलाई अर्नगलरुपमा राज्य विखण्डनसँग जोडी आरोपित गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

अंग्रेजी ‘नेसन’ शब्द ‘ल्याटिन नेट’ शब्दबाट आएको हो जसको अर्थ ‘जन्मको आधारमा’ भन्ने हुन्छ । नेसनको नेपाली अनुवाद राष्ट्र/जाति भन्ने हुन्छ । साझा वंश, इतिहास, संस्कृती, भाषा र साझा क्षेत्र वा भुगोलमा आवाद गरेका जनताको समूहलाई राष्ट्र भनिन्छ । नेपालको जनगणना २०६८ ले नेपालमा १२५ भन्दा बढी राष्ट्र/जातिहरु रहेको उल्लेख गरेको छ । तर पृथ्वीनारायण शाहको गोर्खा साम्राज्य विस्तार भए पछि सैन्य बल प्रयोग गरेर यहाँका बहुलराष्ट्रहरु माथि इन्थोसाइट (जातिय संहार) मार्फत एकलराष्ट्रिय राज्य बनाउने काम भयो । गोर्खालीहरुको यस्तो ‘एकलराष्ट्रिय राज्य’ गणतन्त्रमा पनि कायम रहनु भनेको आन्तरिक औपनिवेशिकता हो । हजारौं वर्षदेखी यस भूमीलाई आवाद गरेका भुमी पुत्र÷पुत्रीहरुको सामाजिक–सांस्कृतिक, आर्थिक र राजनैतिक प्रणालीलाई सैन्य बल तथा औपनिवेशिक कानुन मार्फत समाप्त पारेर एकल हिन्दु राष्ट्रिय राज्य निर्माण गर्दै अन्य सार्वभौम राष्ट्रहरुलाई राज्यविहिन बनाउने औपनिवेशिक परियोजनालाई २१ औं शताब्दीका नेपालका सार्वभौम जनताहरुले अस्वीकार गर्दछ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिवेशमा पनि यहाँका बहुलराष्ट्रहरु माथि पहाडी हिन्दु उच्च जातिय औपनिवेशिकतामा आधारित राज्यसत्ता थोपर्ने कार्य कदापी स्वीकार्य छैन । यस्तो औपनिवेशिक गणतन्त्रविरुद्ध बहुलराष्ट्रिय लोकतन्त्रमा आधारित बहुलराष्ट्रिय राज्यको लागी राष्ट्रिय मुक्ति क्रान्तिमा होमिन तमाम राज्यविहिन राष्ट्रहरुलाई आह्वान गर्दछौं ।

हिजो ‘गणतन्त्र र संघीयताले देश टुक्रिन्छ’ भन्नेहरु आज नयाँ राजाका रुपमा आसिन छन र तिनैले फेरि आज बहुलराष्ट्रिय राज्यप्रति अफवाह फैलाइ रहेका छन । बहुलराष्ट्रिय राज्य बोलिभिया र एक्वेडर टुक्रिएको छैन बरु अझ शसक्त रुपमा विश्वकै तिव्र गतिको आर्थिक विकास हासिल गरिरहेको छ । पहाडी हिन्दु उच्च जातिय वर्चश्वमा आधारित एकलराष्ट्रिय राज्यलाई कायम नै राख्नको लागी राष्ट्रिय सार्वभौमिकता तथा विखण्डनको भय सृजना गर्ने प्रयत्न भइ रहेको छ । यसले राज्यधारीहरुको नेपालमा रहेका अन्य राष्ट्रियताहरु प्रतिको दुर्भावनालाई प्रष्टाएको छ । यस्तो भ्रामक अफवाह तथा दुष्प्रचारहरुको खण्डन गर्दै आन्तरिक औपनिवेशिकता मुक्त बहुलराष्ट्रिय राज्यप्रति प्रतिवद्ध हुन हामी सम्पूर्ण राज्यविहिन राष्ट्रहरुलाई आह्वान गर्दछौ ।

आह्वानकर्ताहरु:
१. डा.केशवमान शाक्य (पूर्वमन्त्री)
२. शिवलाल थापा (पूर्वमन्त्री)
३. डा.गणेश योन्जन (पूर्वराजदुत)
४. मोहन गोले (संघिय अध्यक्ष, नेपाल तामाङ घेदुङ)
५. खोजराज गोले (चोहो, सामाजिक सांस्कृतिक अध्ययन केन्द्र)
६. चन्द्र नारायण थारु (संयोजक, राष्ट्रिय सीमान्तिकरण बिरुद्ध अभियान नेपाल (समान–नेपाल))
७. आर के तामाङ (प्रवक्ता, राष्ट्रिय सीमान्तिकरण बिरुद्ध अभियान नेपाल (समान–नेपाल))
८. धनबहादुर कुसुन्डा (संयोजक, कुसुन्डा राष्ट्रिय परिषद)
९. जीवन माझी (संयोजक, माझि राष्ट्रिय परिषद)
१०. बुद्धराज स्याङ्दान (संयोजक, तामाङ राष्ट्रिय परिषद)
११. देव दुरा (संयोजक, दुरा राष्ट्रिय परिषद)
१२. दावा शेर्पा (संयोजक, शेर्पा राष्ट्रिय परिषद)
१३. कल्पना कुमाल (संयोजक, कुमाल राष्ट्रिय परिषद)
१४. मनोज आठपहरिया (संयोजक, आठपहरिया राष्ट्रिय परिषद)
१५. रणलाल मेचे (संयोजक, मेचे राष्ट्रिय परिषद)
१६. अजय चेपाङ (संयोजक, चेपाङ राष्ट्रिय परिषद)
१७. प्रेम छन्त्याल (संयोजक, छन्त्याल राष्ट्रिय परिषद)
१८. दिनेश धिमाल (संयोजक, धिमाल राष्ट्रिय परिषद)
१९. मघराज ठाकुर (संयोजक, ठाकुर राष्ट्रिय परिषद)
२०. प्रमोद गनगाइ (संयोजक, गनगाइ राष्ट्रिय परिषद)
२१. नन्द थकाली (संयोजक, थकाली राष्ट्रिय परिषद)
२२. सुजन सुनुवार (संयोजक, सुनुवार राष्ट्रिय परिषद)
२३. लालकाजि दनुवार (संयोजक, दनुवार राष्ट्रिय परिषद)
२४. सुरेन्द्र पुन मगर (संयोजक, मगर राष्ट्रिय परिषद)
२५. अमर खड्की (संयोजक, नेवाः राष्ट्रिय परिषद)
२६. राजकुमार बोटे (संयोजक, बेटे राष्ट्रिय परिषद)
२७ शुकराम धानुक (संयोजक, धानुक मण्डल राष्ट्रिय परिषद)
२८. सन्जुहाङ पालुङ्वा (संयोजक, बहुल राष्ट्रिय मोर्चा, अध्यक्ष लिम्बुवान पार्टी नेपाल))
२९. विकास कुमार ठाकुर (संयोजक, तराइ मधेश राष्ट्रिय परिषद)
३०. दिनेश राजवंशी (संयोजक, कोचिला एकता मोर्चा)
३१. त्रिनारायण राजवंशी (संयोजक, कोच राष्ट्रिय परिषद)
३२. देवान टुडो (संयोजक, सन्थाल राष्ट्रिय परिषद)
३३. रेखी गुरुङ (संयोजक, गुरुङ राष्ट्रिय परिषद)
३४. जगत दोङ (अध्यक्ष, इन्डिजिनिष्ट मिडिया फाउन्डेसन)
३५. जय गोले (संयोजक, ताम्सालिङ संयुक्त संर्घष समिति)
३६. वीर नेम्वाङ (सर्वमान्य नेता, लिम्बुवान पार्टी नेपाल)
३७. डा. सुरेश तामाङ
३८. बुद्धछिरिङ मोक्तान (राजनैतिक विश्लेषक)
३९. कुमार यात्रु (संचारकर्मी)
४०. लक्ष्मण थारु
४१. अमृत योन्जन (भाषाविद)
४२. इ.मानबहादुर राई
४३. पूर्ण घर्ति मगर
४४. सरोज राई
४५. एलवी पालुङ्वा
४६. श्रवण थारु
४७. नवीन मोक्तान
४८. माधव थारु
४९. प्रेमा थारु
५०. सीताराम थारु
५१. काशिन्द्र यादव
५२. नेत्र तुम्वाहाङ्फ
५३. कमला गुरुङ
५४. खगेन्द्र माखिम
५५. रमेश योङहाङ
५६. तुलाराम तामाङ
५७. मिङ्मार तामाङ
५८. लासिम पालुङ्वा
५९. टंक सेलिङ
६०. पेमा मोक्तान
६१. हेम मोक्तान
६२. रणबहादुर तामाङ
६३. कुमार मोक्तान
६४. उदय थिङ
६५. सविता लिम्बु
६६. रामेश्वर चौधरी
६७. सन्तोष मेहता
६८. रुद्र गुरुङ
६९. होम गुरुङ
७०. ललित गुरुङ
७१. देवी सुवेदी
७२. चित्र गुरुङ
७३. नवीन गुरुङ
७४. दिपक तामाङ
७५. कमल राज नेम्वाङ
७६. मचिन्द्र वेगा
७७. निश्चलता लावती
७८. पदम अधिकारी
७९. प्रेमदीप थाम्सुहाङ
८० मुकुम नेम्वाङ
८१. फक्ताङ्लुङ योङहाङ

प्रतिक्रिया दिनुहोस्