Logo
Logo
एमाले विवाद

झलनाथ-माधव पक्षले बोलायो आकस्मिक बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेपाल एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आइतवार राति ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि झलनाथ-धाधव पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको झलनाथ-धाधव पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले बताएकी छन् । ‘औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।’, उनले भनिन् ।

यस्तै उनले ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको बताउँदै उनले ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको बताइन् । ‘उहाँले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गर्नु भएको प्रस्ट हुन्छ । केपी ओलीको जुन रवैया देखिएको छ । जस्तो मान्छेलाई सरकारमा सामेल अगाडि गइराख्नु भएको छ । त्यसले त सिद्धियो नि ?’ उनले भनिन् ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्