Logo
Logo

कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । कर्णाली प्रदेश सभाको आठौं तथा बर्खे अधिवेशन आज दिउँसो २ बजेदेखि सुरु हुन लागेको हो ।

यो अधिवेशन आर्थिक बर्ष २०७८/०७९ को बजेट र नीति तथा कार्यक्रममा केन्द्रीत हुने बताइएको छ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकले सोमबार दिउँसो २ बजे बस्ने अधिवेशनको पहिलो वैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आह्वान पत्र पढेर सुनाउने, संसदमा गराउनुपर्ने अरु जानकारी गराउने र संसदीय दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

यो अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट प्रस्तुत तथा त्यसमाथी छलफल हुनेछ। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७८/७९ का लागि ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्