Logo
Logo

एनएमबि बैंकले ल्यायो साइकल र विद्युतीय सवारी कर्जा योजना


दृष्टि संवाददाता


काठमाडौं । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ । बैंकले स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउँदै विभिन्न कर्जा योजना सार्वजनिक गरेको हो ।

एनएमबि बैंकले विश्व वातावरण दिवसका अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेसरेटमै कर्जा प्रदान गर्नुका साथै ८० प्रतिशतसम्म फाइनान्सिङ, सात वर्ष कर्जा अवधि, प्रशानिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।

साथै, एनएमबि बैंक र माउन्टेन बाइक विक्रेताहरुबीच जुन महिनाभरि शून्य प्रतिशत इएमआइमा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ । यसअन्तर्गत एनएमबिका ग्राहकले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काठमाडौं बाइक स्टेशन पानीपोखरी, साइकल ल्याण्ड, काठमाडौंबाट माउन्टेन बाइक ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

हालको परस्थिति र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसँगै अघि बढ्ने उद्देश्यकासाथ उक्त योजना अघि सारिएको हो । वातावरणीय संरक्षण र ग्राहकको आवश्यकतालाई सघाउ पुर्याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको हो । ‘बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङको सदस्यको नाताले शून्य कार्वन उत्सर्जनको लागि वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्ध रही आफ्ना ग्राहकको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ निरन्तर प्रस्तुत गर्दै आइरहेको छ । छुट तथा सुविधासम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको इन्ट्रेष्ट रेट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटिएमहरू, नौ एक्सटेन्शन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्