Logo
Logo

मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने


दृष्टि संवाददाता


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले त्यससम्बन्धी पत्र आइतबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको प्रदेश सचिवालय स्रोतले बताएको छ ।

सोमबार नै विश्वासको मत लिने तयारी भए पनि नियमले नमिल्ने भएकाले मंगलबारका लागि सारिएको बताइएको छ । प्रदेशसभाको नियम अनुसार दर्ता गरेको ४८ घण्टा पुग्नुपर्ने नियम छ ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्