Logo
Logo

ओलीको प्रस्तावमा माधव पक्षले लिखित जवाफ दिने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।

नेपाल पक्षको स्थायी कमिटी बैठकपछि आफ्नो तर्फबाट लिखित धारणा जारी गर्न लागिएको नेताहरूले बताएका हुन् । ओलीले आइतबार राति वक्तव्य जारी गरेपछि सोमबार नेपाल पक्षले स्थायी कमिटी बैठक बसेको छ । बैठकले लिखित जवाफ दिने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘ ‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं, आज बेलुकासम्म त्यसलाई सार्वजनिक गरिसक्छौं ।’

ओलीले जारी गरेको वक्तव्य वास्तविक एकता गर्ने भन्दापनि नेता/कार्यकर्ता अल्झाउने रणनीतिका रुपमा आएको नेताहरुले नेपाल पक्षका नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्