Logo
Logo

फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू : घनश्याम भुसाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल पक्षका नेता नेता घनश्याम भुसालले आफूहरू विरुद्ध फेरि अनर्गल प्रचार शुरू भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत माधव पक्ष छाडेर पार्टी एकतामा जान लागेको भन्ने हल्ला गलत रहेको प्रष्ट पारेका हुन् । उनले एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने समूह नै तयार भएको बताएका छन् ।

भुसालले भनेका छन्, ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’

भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ जस्तै समूह खडा भएको त होइन भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्– ‘पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?’

प्रतिक्रिया दिनुहोस्