Logo
Logo

राउटे बस्तीमा प्रवेश निषेध


दृष्टि संवाददाता


सुर्खेत । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा प्रवेश निषेध गरेको छ । असुरक्षा बढेको भन्दै प्रशासनले राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारकाे घटना उक्त समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तिमगरले अनुसार बाहिरको व्यक्तिलाई राउटे बस्तिमा प्रवेश गर्न नदिन बस्ती सिल गरिएको जानकारी दिए । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।

घटनाको जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना छ । राउटे युवतीमाथि यौन दुव्र्यवहारको खबर पाएको खण्डमा राउटे समुदायले यी युवतीलाई जे पनि गर्न सक्छ ।

यही कारण सोमबार बिहानदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिन प्रहरी खटाइएको हो । आइतबार मात्रै राउटे मुखियासँगै राउटे समुदायले सुरक्षा माग गरेका थिए।​

प्रतिक्रिया दिनुहोस्