Logo
Logo

‘सर्वोच्च अदालतकाे रिटबाट हस्ताक्षर फिर्ता लिदैनौँ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने भएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी एकताका निम्ति आहृवान गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत मनासयले आएको भन्दै नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने भएको हो ।

अध्यक्ष ओलीले आइतबार पार्टी एकताका निम्ति आहृवान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । उनले एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने उल्लेख छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकतासम्बन्धी प्रस्तावमा सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने बुँदा गलत मनसायबाट राखिएको निष्कर्ष निकालेको छ ।

बैठकले अध्यक्ष ओलीले अघि सारेका अन्य बुँदाहरूमा थप प्रष्टता खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्