Logo
Logo

प्रेस काउन्सिलमा भएको नियुक्तिप्रति पत्रकार संगठनको आपत्ति


दृष्टि संवाददाता


काठमाडौं । प्रेस काउन्सिलमा सरकारले हालै नियुक्त गरेको अध्यक्षप्रति विपक्षी गठबन्धनमा रहेका दलसम्बद्ध पत्रकार संगठनले आपत्ति जनाएका छन् ।

प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल, माधवकुमार नेपाल पक्षको प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति निकालेर कामचलाउ सरकारले दीर्घकालीन महत्व राख्ने खालका नियुक्ति गर्न नपाउने भन्दै काउन्सिलमा भएको नियुक्तिको विरोध गरेका हुन् ।
उनीहरूले सरकारको नेतृत्वकर्ता पार्टीको पक्षमा परिचालन गर्ने तथा प्रेसलाई अंकुश लगाउन भएका नियुक्तिप्रति ध्यानाकर्षण भएको जनााएका छन् ।

‘विशेषगरी विभिन्न सरकारी स्वामित्वका सञ्चार संस्था एवम् निकायमा आफ्ना कार्यकतालाई राजनीतिक नियुक्ति गर्ने, ती निकायमा नियुक्त व्यक्तिले सार्वजनिक संस्थालाई सरकारका पदाधिकारी तथा सरकारको नेतृत्वकर्ता पार्टीको पक्षमा परिचालन गर्ने तथा प्रेसलाई थप अंकुश लगाउने गरी भइरहेका कियाकलापप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषदले बिहीबार काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्