Logo
Logo

मुख्यमन्त्री शेरधन राईको राजीनामा माग


दृष्टि संवाददाता


विराटनगर । जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य जयराम यादवले मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरेका छन् ।

प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भसँगै प्रदेशसभा बैठकमा दलीय रुपमा सम्बोधन गर्ने क्रममा उनले सरकारले काम गर्न नसकेको भन्दै मुख्यमन्त्री राईको राजीनामा माग गरेका हुन् ।

उनले विपक्षी दलहरु विकल्प दिन तयार भएको पनि बताए । उनले भने, ‘काम गर्न नसक्ने भए यहीं प्रदेशसभामा हात उठाउनुहोला, हामी विपक्षी दलहरु विकल्प दिन तयार छौं ।’

प्रदेश सरकारको क्रियाकलापले जनताको बीचमा जान लाज लागेको उनले बताए । आपतका बेला संघले गर्न नसकेका काम प्रदेशले गर्नुपर्नेमा आफ्नो जिम्मेवारीबाट पन्छिएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्