Logo
Logo

प्रदेश सरकारका विषयमा विपक्षी गठबन्धनका शीर्ष नेताबीच छलफल

सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने


दृष्टि संवाददाता


काठमाडौं । कांग्रेस, माओवादी र एमाले नेता माधव नेपालबीच प्रदेश सरकारमा गठबन्धन गर्ने विषयमा छलफल भएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा प्रदेश सरकारमा गठबन्धन गर्ने विषयमा छलफल भएकाे हाे ।

झण्डै एक घण्टा लामो छलफलमा प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउने र अन्य रणनीति तय गर्न छलफल भएको थियो । छलफलमा ओलीको ६ बुँदे प्रस्तावसहित सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने तथा प्रदेश २ र गण्डकी प्रदेश सभाको भविष्य र सरकारबारे पनि छलफल भएको थियाे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । तीन नेताहरुबीच तत्काललाई सुदूरपश्चिममा भट्ट नेतृत्वकै सरकारले बजेट ल्याउनेगरी विपक्षी गठबन्धन अघि बढ्ने विषयमा समेत नेताहरु सहमत भएका छन् । 

त्यसैगरी प्रदेश २ को सरकारमा काँग्रेस, माओवादी केन्द्र सहभागी हुने र त्यसका लागि पार्टी केन्द्रले प्रदेशमा गर्नुपर्ने सहजीकरण गर्नेमा समेत तीन नेताबीच छलफल भएको छ ।

सोमबार दिउँसो प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटेका थिए । फेरि नेपाल र प्रचण्डको देउवासँग संयुक्त भेट भएको हो । आफ्नो समूहका स्थायी समितिको वैठक सकेर नेपाल बूढानिलकण्ठ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्