Logo
Logo

सुदूरपश्चिममा एमालेकाे प्रमुख सचेतक हेरफेर


दृष्टि संवाददाता


धनगढी । सुदूरपश्चिममा नेकपा एमाले संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी हेरफेर गरेको छ ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकको जिम्मेवारीमा यसअघि सचेतक रहेकी दुर्गाकुमारी कामीलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत लिन निर्णय गरेको बेला प्रमुख सचेतक हेरफेरलाई महत्वका साथ हेरिएको छ ।

त्यसअघि प्रमुख सचेतक तारा लामा तामाङलाई पदमुक्त गरेर लालबहादुर खड्कालाई ल्याइएको थियो । तर, खड्का मन्त्री बनेपछि सचेतक तोकिएकी कामीलाई प्रमुख सचेतक बनाइएको हो ।

एमालेभित्र ओली र नेपाल दुवैतर्फबाट कारबाहीका शृंखला चलिरहेका बेला प्रदेशसभामा प्रमुख सचेतक निकै महत्त्वपूर्ण पद मानिन्छ । नेपाल पक्षको बहुमतमा रहेको संसदीय दलले आफ्नो पक्षका विश्वास पात्रलाई प्रमुख सचेतकको जिम्मेवारीमा ल्याएको हो ।

एमालेभित्र अध्यक्ष ओली र नेपाल पक्षबीच विवाद पेचिलो बनिरहेका बेला नेपाल पक्षमा बहुमत रहेको संसदीय दलले आफ्नो पक्षका विश्वास पात्रहरुलाई विभिन्न जिम्मेवारीमा ल्याइरहेको छ । सांसद कामी पनि नेपाल पक्षधर सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्