Logo
Logo

निगमको चार्टर रेट घट्यो


दृष्टि संवाददाता


काठमाडौ । नेपाल वायुसेवा निगमले सोमबारदेखि लागु हुने गरी कार्गो चार्टर रेट घटाएको छ ।

नियमित उडान सुरु भएपछि निगमका अन्य गन्तव्यको भाडामा समेत सोही अनुसार समायोजन गर्दै जाने निगमले जनाएको छ । निगमले वाईड बडिको प्रति घण्ट्टा युएसडि १५ हजार ५ सय २० मा प्रति घण्ट्टा १३ प्रतिशत चेट घटाएको छ ।

परिवर्तित प्रति घण्ट्टा दर यु.एस.डि १३ हजार ४ सय ६० छ । त्यसैगरी न्यारो बडिको प्रति घण्ट्टा यु.एस.डि ७ हजार ७ सय १० रहेकोमा त्यसमा १५ प्रतिशत रेट घटेर प्रति घण्ट्टा यु.एस.डि ६ हजार ५ सय ८० पुगेको पनि निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्