Logo
Logo

एमआईटी ग्रुपद्वारा ३ करोडको स्वास्थ्य सामग्री सहयोग


दृष्टि संवाददाता


काठमाडौं। एमआईटी ग्रुप फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि थप तीन करोड रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ । एमआइटी फाउन्डेसन गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित फाउन्डेसन हो ।

फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि २ सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।

फाउण्डेसनले गत बर्ष कोरोना प्रभावितको सहयोगका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो । योसमेत फाउण्डेसनले कोरोना संक्रमणमा नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ ।

कोरोना संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभएको ठहर फाउण्डेसनले बिभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्